शिक्षकहरूका निम्ती उपयोगी वेबसाइटहरू
www.youtube.com
दैनिक पचासौं हजार नयाँ भिडियोहरू सङ्ग्रहित हुने संसारकै सबभन्दा ठूलो भिडियो साइट www.youtube.com मा शिक्षाका लागि विशेष स्थान दिइएको छ, जहाँ छुट्टै क्याटोगरी बनाएर भिडियोहरू राखिएको छ । (www.youtube.com/education/, www.youtube.com/teacher/) युट्युव साइट खोलेर आफूलाई चाहिएको भिडियोको नाम लेखेर ब्राउज गरेपछि सम्बन्धित नामका भिडियोको लिंक कम्प्युटरको स्क्रिनमा उपस्थित हुन्छ । उदाहरणको लागि संसारकै सबभन्दा लामो नाइल (Nile) नदीको बारेमा जानकारी दिने भिडियो चाहनुभएको छ भने युटुवको पेजमा Nile river टाइप गरेर सर्च गर्नुहोस्, पेजमा यस बारेमा बीबीसी लगायत धेरै संस्थाले बनाएका डकुमेन्ट्री र सम्बन्धित भिडियो भेटिन्छन् । सामाजिक शिक्षा अन्तर्गतको पाठ पढाउने क्रममा बोर्डमा नाइल नदीको बारेमा चित्र बनाउनुभन्दा यो भिडियो हजारौँ गुणा बढी प्रभावकारी हुन्छ । किनभने, आफ्नै आँखाले देखेको कुरा जहिल्यै पनि दिमागमा बसिरहन्छ । भिडियो डाउनलोड गर्न चाहिँ गुगलमा गएर youtube downloader सफ्टवेयर डाउनलोड गरेर कम्प्युटरमा राख्नु पर्दछ । गुगलले नेपाल टेलिकममा सर्भर नै राखेकाले भिडियोहरू यहाँ पहिलेभन्दा धेरै छिटो खुल्न थालेको छ । थप रोचक कुरा, यसमा जो–कोहीले पनि भिडियो अपलोड गर्न सक्छन् । आफ्नै कक्षाको, आफ्नो समुदायको भूगोल, संस्कृति, रहनसहन लगायतका रुचिपूर्ण कुराहरू मोबाइल क्यामेरा, डिजिटल क्यामेराको माध्यमबाट खिचेर सोझै पनि यस साइटमा अपलोड गर्न पनि सकिन्छ । विद्यार्थीका सृजनाहरू, स्कूलको कार्यक्रमदेखि आफ्ना घरपरिवारको ब्यक्तिगत भिडियोहरूसम्म डिजिटल अभिलेखालयमा अभिलेखको रूपमा राख्न र अरूलाई बाँड्न पनि यस साइटलाई उत्तिकै उपयोग गर्न सकिन्छ ।
www.khanacademy.org
गणित बुझन र बुझउनका लागि उपयोगी भएकाले पछिल्ला वर्षहरूमा यसको लोकप्रियता निकै बढेको छ । यसमा गणितीय अवधारणा बुझउने र समस्या समाधान गर्न सहयागे गर्ने हजारौ भिडियाहे रू हर्ने र डाउनलोड गरेर कम्प्युटरमा राख्न मिल्ने गरी राखिएको छ । यस बाहेक विज्ञान, इतिहास, अर्थशास्त्र लगायतका विषयमा लाखौँ भिडियोहरू पनि उपलब्ध छन् । यो साइट शिक्षक र विद्यार्थी दुवैको लागि उत्तिकै उपयोगी छ ।
www.iearn.org
यो साइटमा नेपाल लगायत संसारका १३० भन्दा बढी देशका शिक्षक तथा विद्यार्थीहरूले भाषा, राजनीतिक, भौगोलिक र धार्मिक सीमा भन्दा पर पुगेर अर्थपूर्ण सिकाइका लागि सहकार्य गरिरहेका छन् ।
www.edutopia.org
अमेरिकाको एक गैर नाफामूलक संस्थाले चलाएको यो वेबसाइटमा मूलतः सोही देशको सेरोफेरोमा रहेर सामग्रीहरू जुटाएको भए पनि पूर्व प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मलाई समेटेर विभिन्न किसिमका सामग्रीहरू (परियोजना कार्यमा आधारित सिकाइ, कक्षा व्यवस्थापन, सृजनात्मक तथा समीक्षात्मक चिन्तन, भिडियो खेलहरू) राखिएको छ । खारिएका शिक्षकहरूको अनुभव र अनुभूति प्रतिविम्बित नयाँ नयाँ आलेख पनि यहाँ पढ्न पाइन्छन् ।
www.bie.org
यो साइटले परियोजना कार्यमा आधारित सिकाइ (project based learning) सम्बन्धी मिहिन तरिकाहरू, मूल्यांकनको कसी, सन्दर्भ सामग्री तथा त्यसनिम्ति उपयोगी भिडियोहरू उपलब्ध गराउँछ, जसबाट शिक्षकले स–साना तर महत्वपूर्ण टिप्स हरू थाहा पाउन सक्छन् ।
www.e-learningforkids.org
बच्चाहरूले कम्प्युटर खेल्दै सिक्दै गर्न पाउन् भन्ने ध्येयका साथ निर्माण गरिएको यो वेबसाइटमा विज्ञान, गणित जस्ता विषयहरूको अवधारणागत ज्ञान लिन सजिलो हुनेगरी एनिमेटेड इन्टरनेट खेलहरू बनाइएको छ । यो साइटको थप विशेषता भनेको विषयगत ज्ञानका अलावा स–साना केटाकेटीहरूलाई जीवन जिउने सीप (life skills) हरू पनि खेलहरूको माध्यमले सिकाउने गरी निर्माण गरिएको छ ।
www.timtim.com
राम्रो चित्र बनाउन नआउने शिक्षक तथा अभिभावकका लागि यो साइटले जनावर, पन्छी जस्ता प्रकृतिले सृजना गरेका कुराहरूदेखि प्रविधि, खेल्ने कुरा, पहिरन, खानेकुरा लगायत मानिसले सृजना गरेका अधिकांश चिजहरूको चित्र सहज रूपमा जुटाइदिन्छ । यसबाट चित्रहरू डाउनलोड गरेर प्रिन्ट गर्न पनि सकिन्छ ।